२६ जेष्ठ २०८२, आईतवार

कचोर्वा , पथलवाघाटबाट र खजानीबाट तस्करी

अमरेस कुमार पाण्डेय

२२ असार, कलैया । बाराको सिमावर्ती क्षेत्र कचोर्वा , पथलवाघाट र खजानीबाट हाल तस्करी फस्टाएको गुनासो बढेको छ। दुबै चौकि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ अन्तर्गत पर्ने भएकोले ईलाका प्रहरी कार्यालय सिम्रौनगढका ईन्चार्ज तस्करीमा कडाई गरेपनि उक्त नाकाको चौकिहरुको मिलोमतोमा तस्करी फस्टाएको गुनासो आएको छ।

पावरको प्रयोग गर्दै प्रहरी चौकि कचोर्वाको ईन्चार्ज प्रहरी सहायक निरिक्षक दिपक साह , प्रहरी चौकि पथलवाघाटको ईन्चार्ज दिनेश महतो र प्रहरी चौकी खजानीको ईन्जार्ज परशुराम कुर्मीले सिमानाकाको चौकिमा जान सफल भएका छन्। सिमानाकाको चौकिमा गएको फाईदा उठाउँदै आफ्नो जिम्मेवारी भन्दा कमाई गर्ने केन्द्रीत हुदै तस्करीलाई सँरक्षण गरेको श्रोतको दाबी रहेको छ।

कचोर्वा नाकाबाट तस्करी गर्नेमा मुख्यरुपमा सन्दीप , अरबिन्द , बलराम र सुवास रहेका छन्। सन्दीप उक्त नाकाबाट कुखुरा , रजनिगन्धा तुलसी र कपडा भारतबाट नेपाल तिर तस्करी गर्ने गरेका छन्। भने अरबिन्द कपडाको तस्करी गर्ने गर्छन। बलराम किराना समानको र सुवास चल्लाको तस्करी गर्ने गरेका छन्।

त्यस्तै पथलवाघाटबाट तस्करी गर्नेमा मुख्यरुपमा अरबिन्द, सत्रुधन, मास्टर र भोला रहेका छन्। कचोर्वा नाकाबाट तस्करी गर्ने अरबिन्द र पथलवाघाटबाट तस्करी गर्ने अरबिन्द दुई ब्यक्ति रहेका छन्। पथलवाघाटबाट तस्करी अरबिन्दले कस्मेटिक समानको तस्करी गर्ने गरेका छन्।भने सत्रुधनले चल्लाको , मास्टर र भोलाले कपडाको तस्करी गर्ने गरेको श्रोतको दाबी रहेको छ। मास्टर र भोला भन्ने ब्यक्तिहरु सिम्रौनगढ क्षेत्रको नामुद तस्कर रहेका छन्।

यी ब्यक्तिहरुले तस्करी गरी रहँदा प्रहरी चौकि कचोर्वाको ईन्चार्ज साह , पथलवाघाटको ईन्चार्ज महतो र खजानीको ईन्जार्ज कुर्मीले सँरक्षण गर्ने गरेको श्रोतको दाबी रहेको छ। त्यस्तै यि चौकिहरुकाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत रहेको प्रहरी जवान छोटेलाल पटेलले सहयोग गरीरहेका छन्। पटेल चाँहि ईलाका प्रहरी कार्यालय सिम्रौनगढको सदापोशाकमा खटिने प्रहरी हुन।

यस बिषयमा कचोर्वा चौकिको ईन्चार्ज दिपक साहसँग कुरा गर्दा मेरो नाकाबाट तपाईले भनेको ब्यक्तिहरुले काम नगरेको दाबी गर्दै हामिले कसैलाई लाईन दिएको छैनौ। बरु त्यस्तो भेटिए भने तपाई समाउन अनि मलाई खबर गर्नु । त्यस्तै खजानीको ईन्जार्ज पशुराम कुर्मिसँग कुरा गर्दा म सिमानाकामा नभएकोले तस्करीको कुरा नै आउदैन। साथै हामिले कडाईको साथ चेकजाँच गरीरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?