मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
२१ असार, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री सिंहले भोलि प्रदेश सभामा विश्वासको मत लिंदैछन् । ‘संसदीय दलको बैठक बसेर हामीले विश्वासको मत दिने निर्णय गरेका छौं’, एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भने । जनमत पार्टीका नेता सिंह अघिल्लो सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका थिए । उनी एमाले, माओवादी सहितको समीकरणबाट मुख्यमन्त्री बनेका हुन् । तर केन्द्रमा नेपाली कांग्रेससँग नयाँ सरकार बनाउने निर्णय भइसकेकाले मुख्यमन्त्री सिहंले बहुमत पाउनेबारे प्रष्ट हुन सकेको छैन । 
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment