Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा ७ दिन हिरासतमा रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १६, २०८१
|
|
४८ पटक हेरिएको
Shares
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा ७ दिन हिरासतमा रहने

सारांश

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
  • शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
  • शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो ।

 

१६ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने धेरै पछि खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।

प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका छन् । केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ ।उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए । झाको ठेगाना नखुलेको र खुलेका बखत पुनः पूरक जाहेरीमार्फत अनुसन्धान अघि बढाउने गरी अन्यलाई मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाइजोविरुद्ध अन्तिम साससम्म लड्छु : उपसभामुख ठाकुर
दाइजोविरुद्ध अन्तिम साससम्म लड्छु : उपसभामुख ठाकुर
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै ३०० उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै ३०० उपप्राध्यापक
२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने
२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने
हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ