कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १४, २०८१
|
|
३६ पटक हेरिएको
Shares
कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

सारांश

  • काठमाडौँ महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने बताएको छ ।
  • महानगरले आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्रबारे प्रस्ट पार्दै माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने जानकारी समेत दिएको छ ।
  • असार १५ गतेबाट अनलाइनमार्फत आवेदन दिन सकिने पनि महानगरले जानकारी दिएको छ ।

 

१४ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने बताएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्रबारे प्रस्ट पार्दै माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने जानकारी समेत दिएको छ । असार १५ गतेबाट अनलाइनमार्फत आवेदन दिन सकिने पनि महानगरले जानकारी दिएको छ ।  असार २९ गते शनिबारसम्म आएका आवेदनलाई सदर गरिने र परीक्षा सञ्चालन साउन ४ गते हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?