पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १४, २०८१
|
|
३८ पटक हेरिएको
Shares
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र

सारांश

  • गएरातिको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
  • पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो ।
  • दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

१४ असार, सुर्खेत । गएरातिको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो । दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दहीखोला र कालिखोलाको बीचमा बाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा ५ ठाउँमा सडक अवरुद्ध भएको दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल न्यौपानेले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ६ बजेमात्रै राजमार्ग अवरुद्ध भएको प्रहरीलाई खबर आएको थियो । राजमार्ग अवरुद्ध भएपनि दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको छ ।

दैलेखको राकम बजारबाट जेसीबी लिएर समेत सडक खुलाउने काम भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । ‘दहीखोला र कालिखोलाबाहेक अन्य पाँच ठाउँमा सुख्खा पहिरो गएको छ । अहिले जेसिबी लिएर बाटो खुलाउने काम भइरहेको छ । अबको दुई÷तीन घण्टाभित्र राजमार्ग सञ्चालनमा आउँछ,’ उनले भने । राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक करोड ८६ लाखको औषधिसहित वीरगञ्जबाट दुई ट्रक नियन्त्रणमा
एक करोड ८६ लाखको औषधिसहित वीरगञ्जबाट दुई ट्रक नियन्त्रणमा
माछा मार्न गएका २५ वर्षीय युवक नदीमा बेपत्ता
माछा मार्न गएका २५ वर्षीय युवक नदीमा बेपत्ता
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन
प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना