Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १३, २०८१
|
|
५९ पटक हेरिएको
Shares
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली

सारांश

  • काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ ।
  • महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियानको लागि ६२२ जनाको टोली परिचालन गरेको हो ।
  • क्लोरिन पाउडर छर्ने, लार्भा नष्ट गर्ने र रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको डेङ्गु नियन्त्रण अभियानको फोकल पर्सन ऋषि भुषालले जानकारी दिए ।

 

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ ।

महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियानको लागि ६२२ जनाको टोली परिचालन गरेको हो । क्लोरिन पाउडर छर्ने, लार्भा नष्ट गर्ने र रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको डेङ्गु नियन्त्रण अभियानको फोकल पर्सन ऋषि भुषालले जानकारी दिए । उनका अनुसार उक्त अभियानमा ६४ जना स्वास्थ्यकर्मी र ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ भने ९ असारबाट सबै वडाका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानले गरिरहेको छ ।

यस्तै रोगको लक्षण देखिएका विरामीहरुको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको उनले बताए । डेङ्गु रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
भारतको ५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी
भारतको ५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी
एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृ*त्यु पुष्टि
एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृ*त्यु पुष्टि
निजी विद्यालयको आन्दोलनका थप कार्यक्रम घोषणा, अरू २ संगठन पनि मिसिए
निजी विद्यालयको आन्दोलनका थप कार्यक्रम घोषणा, अरू २ संगठन पनि मिसिए
त्रिभुवन विमानस्थलबाट सुनसहित २ युवती पक्राउ
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन
सेयर बजारको अंकसँगै घट्यो कारोबार रकम
सेयर बजारको अंकसँगै घट्यो कारोबार रकम
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
पर्यावरणीय संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
पर्यावरणीय संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ