मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त
६ असार, जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् ।
बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् । साहले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् । डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए । जनमतले ९ माघमा सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई बर्खास्त गरेको थियो ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment