Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ६, २०८१
|
|
७६ पटक हेरिएको
Shares
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने बताएका छन् ।
  • संघीय सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा एक लाख रुपैयाँका समेत धेरै आयोजना राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले ३ करोड रुपैयाँसम्मका आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्ने बताएका हुन् ।
  • बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद ठाकुर गैरेले तीन करोड भन्दा कमका आयोजना नल्याउने घोषणा किन कार्यान्वयन गरिएन भनेर सोधेका थिए ।

 

६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने बताएका छन् ।

संघीय सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा एक लाख रुपैयाँका समेत धेरै आयोजना राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले ३ करोड रुपैयाँसम्मका आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्ने बताएका हुन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद ठाकुर गैरेले तीन करोड भन्दा कमका आयोजना नल्याउने घोषणा किन कार्यान्वयन गरिएन भनेर सोधेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नामै लिएर उनले एक लाख, पाँच लाख, दश लाखका योजनाहरु हजारौंको संख्यामा राखेको बताएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले ठूला आयोजना मात्रै संघबाट कार्यान्वयन हुने बताए ।

‘सरकारले बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा आयोजनाहरुबीच दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीय सरकारबाट कार्यान्वयन गर्ने विषयमा सरकार अहिले पनि स्पष्ट र दृढ रहेको जानकारी गराउन चाहन्छु’, उनले आफ्नो लिखित जवाफमा भने । कम रकम विनियोजन भएका आयोजना वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदानको योजनाका रुपमा प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।

‘वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदान तर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रमहरुमा कम रकम देखिए पनि रु. ३ करोड भन्दा कम रकम विनियोजन भएका आयोजनाहरुलाई प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अगाडि बढाइने ब्यहोरा समेत म जानकारी गराउन चाहन्छु’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा र सुनसरीबाट ब्राउन सुगरसहित १२ जना पक्राउ
झापा र सुनसरीबाट ब्राउन सुगरसहित १२ जना पक्राउ
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
विद्युत्‌को पोलमा ज्यान गुमाएका सर्लाहीको उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति
विद्युत्‌को पोलमा ज्यान गुमाएका सर्लाहीको उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति
आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव
आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
भेनेजुएलामा भूकम्प:  एक हजार ९४३ को मृ*त्यु पुष्टि
भेनेजुएलामा भूकम्प: एक हजार ९४३ को मृ*त्यु पुष्टि