कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार

सारांश

  • कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको बुधवारको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन् ।
  • कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ ९४० बमोजिम आर्थिक वर्ष २०८१–८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो ।
  • निर्धारित समयभन्दा ढिला प्रदेशसभा सञ्चालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यहरूले उभिएर विरोध जनाएका थिए ।

 

५ असार, विराटनगर। कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको बुधवारको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन् ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ ९४० बमोजिम आर्थिक वर्ष २०८१–८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो । निर्धारित समयभन्दा ढिला प्रदेशसभा सञ्चालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यहरूले उभिएर विरोध जनाएका थिए । सभामुख विष्टको आग्रहपछि कांग्रेसका प्रदेशसभा सदस्य गोपाल तामाङ र राप्रपाका सबिना बजगाईंले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरिन् ।

उनीहरूले रातो किताबमा उल्लेखित बजेट र योजनाबाट निर्वाचनमा मतदातासामु  गरेको बाचा पूरा नहुने धारणा राखे । लगत्तै उनीहरूले संसदीय दलको निर्णय भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरे । सत्तापक्ष र प्रतिपक्षबीच सदनको गतिविधि अघि बढाउन अहिले वार्ता भइरहेको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?