दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
५ असार, काठमाडौँ । दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।
दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि बाँकी दूधको भुक्तानी दिन माग गर्दै बुधबार उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटकपटक गरेको सम्झौता÷सहमतिसमेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment