२७ जेष्ठ २०८२, सोमबार

मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु

 

३ असार, मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका – २ थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंंडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीको भनाइ छ । उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ । घटनाबारे प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?