प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

सारांश

  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।
  • शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए ।
  • प्रधानमन्त्री प्रचण्डले पाँच दिन अघि भारत भ्रमण गरेका थिए ।

३२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले पाँच दिन अघि भारत भ्रमण गरेका थिए । उक्त भ्रमणबारे आगामी बैठकमा जानकारी गराइनुपर्ने प्रमुख सचेतक लेखकले बताए । ‘प्रधानमन्त्रीले यही संसदलाई बिर्सनुभयो कि ! प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा छ । एक हप्ता पहिले जानुभएको हो । फर्किएर आएको पनि पाँच दिन भयो । हामी कुरेर बसेका थियौं, प्रधानमन्त्रीले जानकारी गराउनु भएन’ लेखकले भने ।

साथै, राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणका बारेमा समेत सरकारले जानकारी गराउनुपर्ने कांग्रेसको माग छ । ‘प्रधानमन्त्री यो सदनको नेता हो । हामीले उहाँ भ्रमणमा गएको पत्रिका पढेर थाहा पाउनुपर्ने ? यो दुर्भाग्य हो कि सौभाग्य हो । राष्ट्रपति बाहिर जानुभएको छ । यो पनि हामीले पत्रिका पढेरै थाहा पाउनुपर्ने हो ?’ उनले प्रश्न गरे । प्रधानमन्त्री राष्ट्रपतिको विदेश भ्रमणका सम्बन्धमा सभामुख देवराज घिमिरेले रुलिङ गर्नुपर्ने समेत कांग्रेसका प्रमुख सचेतक लेखकले माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
हामी अन्तिम लडाइँमा छौँ : शिक्षक महासंघ अध्यक्ष सुवेदी
हामी अन्तिम लडाइँमा छौँ : शिक्षक महासंघ अध्यक्ष सुवेदी
देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
कीर्तिपुरका मेयर राजकुमार‌ नकर्मीको निधन 
कीर्तिपुरका मेयर राजकुमार‌ नकर्मीको निधन 
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै