Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

सारांश

  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।
  • शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए ।
  • प्रधानमन्त्री प्रचण्डले पाँच दिन अघि भारत भ्रमण गरेका थिए ।

 

३२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले पाँच दिन अघि भारत भ्रमण गरेका थिए । उक्त भ्रमणबारे आगामी बैठकमा जानकारी गराइनुपर्ने प्रमुख सचेतक लेखकले बताए । ‘प्रधानमन्त्रीले यही संसदलाई बिर्सनुभयो कि ! प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा छ । एक हप्ता पहिले जानुभएको हो । फर्किएर आएको पनि पाँच दिन भयो । हामी कुरेर बसेका थियौं, प्रधानमन्त्रीले जानकारी गराउनु भएन’ लेखकले भने ।

साथै, राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणका बारेमा समेत सरकारले जानकारी गराउनुपर्ने कांग्रेसको माग छ । ‘प्रधानमन्त्री यो सदनको नेता हो । हामीले उहाँ भ्रमणमा गएको पत्रिका पढेर थाहा पाउनुपर्ने ? यो दुर्भाग्य हो कि सौभाग्य हो । राष्ट्रपति बाहिर जानुभएको छ । यो पनि हामीले पत्रिका पढेरै थाहा पाउनुपर्ने हो ?’ उनले प्रश्न गरे । प्रधानमन्त्री राष्ट्रपतिको विदेश भ्रमणका सम्बन्धमा सभामुख देवराज घिमिरेले रुलिङ गर्नुपर्ने समेत कांग्रेसका प्रमुख सचेतक लेखकले माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प
गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
गुल्मीको धुर्कोटमा १० वर्षीय बालक मृ*त फेला
गुल्मीको धुर्कोटमा १० वर्षीय बालक मृ*त फेला
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी