नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ३१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम

सारांश

  • नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
  • कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् ।
  • मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ ।

३१ जेठ, चितवन। नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ ।सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।

यसैगरी, पहिरोको कम जोखिम भएका  गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो ।

कार्यालयका इञ्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताए । हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ ।

सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ । सोही सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छः आईजीपी
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छः आईजीपी
असई थमन विक हत्या प्रकरण : उच्च अदालतमा सुनुवाइ
असई थमन विक हत्या प्रकरण : उच्च अदालतमा सुनुवाइ