सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

सारांश

  • क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् ।
  • क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् ।
  • उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

 

२८ जेठ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् ।

नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन । आईसीसीको समन्वयमा लामिछाने वेष्टइण्डिज जान लागेको क्यानका सचिव खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले प्रतिश जिसीको स्थान लिने छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?