२६ भाद्र २०८२, बिहीबार

वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ

काठमाडौं । दोलखामा ७७ वर्षीय वृद्धको हत्या गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरे छन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान हाँडीगाउँबाट पक्राउ गरेको हो । घिमिरेले २० जेठमा दोलखा भिमेश्वर–१ का ७७ वर्षीय झिलकबहादुर विश्वकर्माको हत्या गरेको आरोप लागेको छ । घर नजिकैको मकैबारीमा विश्वकर्माको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment