सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनको विषयमा बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेशमा व्यक्ति विशेषको नाम नलेखिने प्रस्ट्याएको छ ।
समिति गठन र यसको कार्यादेशमा भएको सहमतिलाई दलको बैठकबाट अनुमोदन गर्दै कांग्रेसले त्यस्तो समितिमा व्यक्ति विशेषको नाम आवश्यक नपर्ने जनाएको हो । यस अघि लामो समय गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको दाबी गर्दै कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । तर रविको नाम उल्लेख गर्ने अडानबाट कांग्रेसले ब्याक भएको लेखकले बताए । ‘सहमतिमा व्यक्तिको नाम र पद लेख्नेभन्दा सहकारीको रकम जहाँ-जहाँ जसरी कानूनी गैरकानूनी रुपमा गए पनि अनुसन्धान गर्ने भएपछि व्यक्ति विशेषको नाम लेख्न पर्दैन भन्नेमा सहमति भएको छ,।
‘जहाँसम्म सहकारीको पैसा गएको छ । त्यहाँसम्म समितिले छानबिन गर्छ । सहकारीको पैसा रकम अपचलन जसले गरेको छ । उसमाथि छानबिन हुन्छ ।’ ७३ लाख पीडितको सवाल भएको भन्दै लेखकले बचतकर्ताको रकम सुरक्षित गर्न छानबिन समितिले काम गर्ने बताए । ‘अपचलन भएको रकम फिर्ताको विषय मुख्य हो । विभिन्न सहकारीबाट प्राइभेट कम्पनीमा गएको रकम हेर्ने ।
गैरकानुनी रुपमा जो व्यक्ति संलग्न भएको भए कारबाही हुन्छ। ‘निष्कर्ष उन्मुख सहमतिलाई कार्यदलले १२ बजेसम्म कार्यदलले अन्तिम रुप दिन्छ ।’ आजै दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले ७ सदस्यीय संसदीय समिति गठन गर्ने जानकारी पनि दिए ।
Post Comment