६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’

सारांश

  • नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गतेको एमालेको प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दावी गरेका छन् ।
  • बुधबार सिमरा जान रोकिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ६ गतेको एमालेको प्रदर्शनपछि आफूले राजीनामा दिनुपर्छ भन्ने थाहा पाएर प्रधानमन्त्री कार्कीले बारामा कार्यक्रमको लागि जान आफूहरुलाई रोकेको आरोप लगाए ।
  • उनले भने, ‘हामी ६ गते उपत्यका स्तरको ठूलो सभा ११ बजे भृकुटीमण्डपमा गर्दै छौं ।

३ मंसिर, काठमाडौं ।

नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गतेको एमालेको प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दावी गरेका छन् । बुधबार सिमरा जान रोकिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ६ गतेको एमालेको प्रदर्शनपछि आफूले राजीनामा दिनुपर्छ भन्ने थाहा पाएर प्रधानमन्त्री कार्कीले बारामा कार्यक्रमको लागि जान आफूहरुलाई रोकेको आरोप लगाए ।

उनले भने, ‘हामी ६ गते उपत्यका स्तरको ठूलो सभा ११ बजे भृकुटीमण्डपमा गर्दै छौं । ६ गतेको त्यो सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उनलाई थाहा छ । अब हल्लीसक्यो जरादेखि नै भन्ने उनलाई थाहा छ । यो अवैधानिक सरकार संविधानले नचिन्ने पूर्वप्रधानन्यायाधिस मानव अधिकार आयोगमा बाहेक अन्त जान मिल्दैन् जेनजीको हजुरआमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छिन् । बारामा हामीलाई रोकेर उनले एउटा धक्का दिएकी हुन् ।’

त्यस्तै, उनले प्रधानमन्त्रीले जेनजीहरु परिचालन गरेर आफूलाई रोकेको आरोप लगाए । एमाले र युवासंघ भनेको दुबोजस्तो भएको भन्दै एउटा मुना चुडाल्दा २० वटा पालुवा हाल्ने तर्क गरे । त्यस्तै उनले काठमाडौंमा अहिलेसम्म नभएको सभा गर्ने पनि दाबी गरेका छन् । जेनजी प्रदर्शनकारीको अवरोधका कारण आज शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेता काठमाडौंबाट उड्न लाग्दा विमानबाट ओर्लनुपरेको थियो । बाराको सिमरा विमानस्तस्थलमै प्रदर्शनकारी र एमाले समर्थित युवाबीच झडप समेत हुँदा प्रशाासनले कफ्र्यू लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा,
एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा,
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध
प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध