नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ११, २०८१
|
|
३१ पटक हेरिएको
Shares
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि

सारांश

  •  नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।
  • उनका अनुसार गत अप्रिल र मे महिनामा सात वटै प्रदेशबाट नमूना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो ।

११ जेठ, काठमाडौँ । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार गत अप्रिल र मे महिनामा सात वटै प्रदेशबाट नमूना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ देखिएको उनले जानकारी दिए । ‘यो नयाँ भेरियन्ट होइन ।

ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो । यसलाई नयाँ नाम मात्र दिइएको हो’, उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्क्रामक नभएको बताए । ‘केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन । यसको प्रभाव खासै छैन’, उनले भने । बयालीस वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन (जेएन १) सात जनामा ओमिक्रोन (बीए २), दुई जनामा देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु
ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृ*त्यु, ८७ घाइते
इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृ*त्यु, ८७ घाइते
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी