Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ८, २०८१
|
|
५४ पटक हेरिएको
Shares
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

सारांश

  • सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ ।
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो ।
  • कार्यदलका सदस्यहरुले भने बैठक सकारात्मक भएको बताएका छन् ।

 

८ जेठ, काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो । कार्यदलका सदस्यहरुले भने बैठक सकारात्मक भएको बताएका छन् । कार्यदलमा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘दुवै पक्षबाट आ–आफ्ना धारणा राख्ने, सुन्ने काम भयो र सहमतिको मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भयो ।’

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राखेको थियो भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएनन् । गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो । कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै
सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
बागमतीमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला
बागमतीमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा