सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
काठमाडौं ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन्। राजीनामामा उनले भनेका छन्- ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु।’
यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्। जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएसँगै उपेन्द्र यादवले केन्द्रमा सरकार छोडेका हुन्। जसपा नेपालको विभाजनपछि उपेन्द्र यादवले केन्द्रसहित मधेशको सरकार समेत गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
Post Comment