सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष

सारांश

  • नेपाली कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।
  • पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको निष्कर्ष निकालेको हो ।
  • बैठकबारे जानकारी दिंदै महामन्त्री गगन थापाले भने,  ‘जसरी भए पनि संसद पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको हाम्रो निष्कर्ष छ ।

 

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको निष्कर्ष निकालेको हो । बैठकबारे जानकारी दिंदै महामन्त्री गगन थापाले भने,  ‘जसरी भए पनि संसद पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको हाम्रो निष्कर्ष छ ।’ यसबारेमा थप छलफल गर्न र संसदीय छानबिन समिति गठनको मागलाई सशक्त रुपमा प्रस्तुत गर्न संसदीय दलको बैठक बस्ने निर्णय भएको महामन्त्री थापाले बताए ।

उनका अनुसार पदाधिकारी बैठकले सोमबार दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको छ । उक्त बैठकबाट थप निर्णय हुने उनले बताए । उनले आफूहरूको माग पनि सम्बोधन होस् र संसद पनि चलोस भन्ने सदासहायता राख्दाराख्दै पनि सरकारले रबैया देखाएको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?