आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २६, २०८१
|
|
६० पटक हेरिएको
Shares
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै

सारांश

  • बैठक मंगलबार बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय गरिएको प्रचार—प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
  • दल विभाजनसम्बन्धी कानूनी रिक्तताको अवस्थामा नयाँ पार्टी दर्ता गरिएको भन्दै जसपा नेपालले अदालत जाने तयारी गरेको छ।
  • मंगलबार उपलब्ध नेताहरूबीच अदालत जाने अनौपचारिक छलफल भएको बस्नेतले जानकारी दिए।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक मंगलबार बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय गरिएको प्रचार—प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। दल विभाजनसम्बन्धी कानूनी रिक्तताको अवस्थामा नयाँ पार्टी दर्ता गरिएको भन्दै जसपा नेपालले अदालत जाने तयारी गरेको छ।

मंगलबार उपलब्ध नेताहरूबीच अदालत जाने अनौपचारिक छलफल भएको बस्नेतले जानकारी दिए। ‘आज बस्ने केन्द्रीय कार्यकारिणी र उपलब्ध केन्द्रीय नेताहरूको बैठकमा अदालत जाने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘आजै बिहान साढे ११ बजे पत्रकार सम्मेलन पनि राखिएको छ।’ प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए। नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै
बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर किशोरीको मृ*त्यु
बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर किशोरीको मृ*त्यु
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा