पाँच उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८३
|
|
१९१ पटक हेरिएको
Shares
पाँच उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस

सारांश

  • भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको बढुवा समितिको सचिवालयले सूचना जारी गरी यससम्बन्धी जानकारी दिएको छ।
  • बढुवा सिफारिस हुनेमा उपसचिवहरू मोहनशरण भण्डारी, तीर्थ प्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल छन्।
  • भण्डारी लेखा समूहका उपसचिव तथा पौडेल, पोखरेल, थापा र कटुवाल सामान्य प्रशासन समूहका उपसचिव हुन्।

 

प्रशासन सेवाका पाँच उपसचिवलाई जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको बढुवा समितिको सचिवालयले सूचना जारी गरी यससम्बन्धी जानकारी दिएको छ। बढुवा सिफारिस हुनेमा उपसचिवहरू मोहनशरण भण्डारी, तीर्थ प्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल छन्।

भण्डारी लेखा समूहका उपसचिव तथा पौडेल, पोखरेल, थापा र कटुवाल सामान्य प्रशासन समूहका उपसचिव हुन्। उनीहरू एकै दिन उपसचिव भएका थिए।

त्यस्तै, भण्डारी राजस्व न्यायाधिकरण, पौडेल खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पोखरेल रक्षा मन्त्रालय, थापा भूमि प्रशासन कार्यालय धनकुटा र कटुवाल सल्यानको कुपिन्डे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा कार्यरत छन्। त्यस्तै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहका मोहनदत्त भट्ट, हाइवे उपसमूहका सुजन अधिकारी, रामकुमार देव र सन्तोषकुमार कर्णलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?