कांग्रेसको जिल्ला र प्रदेश अधिवेशनको मिति तोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८३
|
|
१७० पटक हेरिएको
Shares
कांग्रेसको जिल्ला र प्रदेश अधिवेशनको मिति तोकियो

सारांश

  • नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका टुंगो लगाएको छ ।
  • पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए।
  • सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो।

 

१३ मंसिर, काठमाडौँ।

नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका टुंगो लगाएको छ ।

पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए।

सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो। बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुने कांग्रेसले जनाएको छ। यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने बताइएको छ।

यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गते सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ। सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक-दुई दिनको फरक पारेर गरिने स्पष्ट पारेका छन्। सबै प्रदेश अधिवेशनहरूमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राखिएको कांग्रेसले जनायो । यही सूचीअनुसारको तालिका निर्वाचन समितिले सोमबार सार्वजनिक गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूजिल्याण्डका जिम्मी निशम जनकपुरबाट एनपीएल खेल्ने
न्यूजिल्याण्डका जिम्मी निशम जनकपुरबाट एनपीएल खेल्ने
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प
गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ
गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल
कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने