अध्यागमन विभागका महानिर्देशकसहित केही जिल्लाका सिडिओ सरुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८३
|
|
४६ पटक हेरिएको
Shares
अध्यागमन विभागका महानिर्देशकसहित केही जिल्लाका सिडिओ सरुवा

सारांश

  • गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का ९ कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ।
  • मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुली गरी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा विभागीय प्रमुखहरूको हेरफेर गरिएको हो ।
  • पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

काठमाडौँ ।

गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का ९ कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ।

मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुली गरी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा विभागीय प्रमुखहरूको हेरफेर गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

त्यस्तै, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशकमा सरुवा गरिएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहसचिवमा सरुवा गरिएको छ।

यसैगरी, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत ५ जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापना गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?