बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन पुग्यो राष्ट्रिय प्रणालीको विद्युत्

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८३
|
|
१०३ पटक हेरिएको
Shares
बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन पुग्यो राष्ट्रिय प्रणालीको विद्युत्

सारांश

  • प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याएको हो।
  • कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत आपूर्ति सुरु गरिएको हो।
  • बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ ।

 

नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ। प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याएको हो।

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत आपूर्ति सुरु गरिएको हो।

बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ । फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् । यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन्। यसअघि त्यस क्षेत्रका उपभोक्ताबाट स्थानीय लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग हुँदै आएको थियो।

राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेपछि ढोरपाटन उपत्यका तथा आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै विद्युत् आपूर्तिको गुणस्तर, विश्वसनीयता र नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ । राष्ट्रिय ग्रिडमा आबद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटन व्यवसाय तथा समग्र क्षेत्रको सामाजिक–आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास प्राधिकरणले लिएको छ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत जडानका लागि जुनसुकै समयमा पनि बुर्तिवाङ नो लाइटमार्फत आवेदन फाराम भरी सेवा लिन सक्ने बताउनुभयो । बागलुङ जिल्लामा अब निसीखोला गाउँपालिका-५ स्थित निसिलढोरमा मात्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुग्न बाँकी छ।

उक्त क्षेत्रमा चालु आर्थिक वर्षभित्र बिजुली विस्तार गर्न आवश्यक बजेटको व्यवस्था भइसकेको प्रमुख मरासेनीले बताए।

उनका अनुसार अब ठेक्का प्रक्रिया अगाडि बढाई विद्युतीकरणको काम सुरु गरिनेछ।

निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी
कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
बन्द सत्रमा ओलीको सम्बोधन– देशलाई विखण्डन गर्ने प्रयासलाई एमाले चिर्नुपर्छ
बन्द सत्रमा ओलीको सम्बोधन– देशलाई विखण्डन गर्ने प्रयासलाई एमाले चिर्नुपर्छ