Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वेस्ट इन्डिजद्वारा नेपालसामु २ सय ५ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १५, २०८१
|
|
५० पटक हेरिएको
Shares
वेस्ट इन्डिजद्वारा नेपालसामु २ सय ५ रनको लक्ष्य

सारांश

  • पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो ।
  • पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए ।

१५ वैशाख, काठमाडौँ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।  त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे । नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न
राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जले
मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जले
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन