ब्रिज इन्टरनेसनल सर्लाही शाखा दोस्रो वर्षमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
२१६ पटक हेरिएको
Shares
ब्रिज इन्टरनेसनल सर्लाही शाखा दोस्रो वर्षमा प्रवेश

सारांश

  • सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित विज्डम कोचिङ इन्स्टिच्युटसँगै सञ्चालनमा रहेको ब्रिज इन्टरनेसनलको सर्लाही शाखा दोस्रो वर्षमा प्रवेश गरेको छ।
  • शाखाले स्थापनाको पहिलो वर्षमा २१ जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउन सफल भएको जनाएको छ।
  • शनिबार शाखा कार्यालयमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रम दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो।

 

५ मंसिर, सर्लाही।

सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित विज्डम कोचिङ इन्स्टिच्युटसँगै सञ्चालनमा रहेको ब्रिज इन्टरनेसनलको सर्लाही शाखा दोस्रो वर्षमा प्रवेश गरेको छ। शाखाले स्थापनाको पहिलो वर्षमा २१ जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउन सफल भएको जनाएको छ।

शनिबार शाखा कार्यालयमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रम दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, विद्यार्थी तथा अभिभावकको उपस्थिति थियो।

कार्यक्रममा संस्थाका निर्देशक वीरेन्द्र जैसवालले ब्रिज इन्टरनेसनल नेपालभरका २१ शाखामध्ये १९औँ स्थानमा रहेको जानकारी दिए। उनले सीमित समयमै सर्लाही शाखाले शैक्षिक परामर्शको क्षेत्रमा राम्रो प्रगति गरेको बताए।

उनले भने, ‘एक वर्षको अवधिमै सर्लाही शाखाबाट २१ जना विद्यार्थी विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान सफल भएका छन्। यो हाम्रो टिमका लागि उत्साहजनक उपलब्धि हो। आगामी दिनमा सेवालाई अझ प्रभावकारी बनाउँदै लैजानेछौँ।’

शाखा प्रमुख राम विनय यादवका अनुसार हालसम्म सर्लाही शाखाबाट २० जना विद्यार्थी बेलायत र एक जना अस्ट्रियामा उच्च शिक्षा अध्ययनका लागि गएका छन्। विद्यार्थीलाई उपयुक्त शैक्षिक गन्तव्य छनोटदेखि आवेदन, भिसा प्रक्रिया तथा अन्य आवश्यक तयारीमा संस्थाले सहजीकरण गर्दै आएको उनले बताए।

‘विद्यार्थीको शैक्षिक योग्यता, रुचि र आर्थिक अवस्थाअनुसार उपयुक्त देश तथा विश्वविद्यालय छनोट गर्न हामीले परामर्श दिँदै आएका छौँ,’ यादवले भने, ‘पहिलो वर्षमा प्राप्त उपलब्धिले हामीलाई थप जिम्मेवार बनाएको छ।’

गत वर्ष मंसिर ५ गते स्थापना गरिएको ब्रिज इन्टरनेसनलको सर्लाही शाखाको उद्घाटन बृजका ब्रान्ड एमबेस्डर समेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले गरेका थिए।

पहिलो वर्षमा प्राप्त उपलब्धिलाई निरन्तरता दिँदै आगामी दिनमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अवसरसँग जोड्ने र शैक्षिक परामर्श सेवालाई थप व्यवस्थित बनाउने शाखाले लक्ष्य राखेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?