दाङको होटलमा एनपीएलको सट्टेबाजी, भारतीय नागरिकसहित पाँच पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
९ पटक हेरिएको
Shares
दाङको होटलमा एनपीएलको सट्टेबाजी, भारतीय नागरिकसहित पाँच पक्राउ

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा एक जना नेपाली र चार जना भारतीय नागरिक रहेका छन् ।
  • जिल्लाको लमही नगरपालिका–५, रातोडाँडास्थित जस्मिन होटल एन्ड लजको तेस्रो तलामा रहेका कोठा नम्बर २०३ र २०४ भाडामा लिई अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको भन्ने विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले छापा मारेको थियो ।

 

दाङ ।

नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली र चार जना भारतीय नागरिक रहेका छन् ।

जिल्लाको लमही नगरपालिका–५, रातोडाँडास्थित जस्मिन होटल एन्ड लजको तेस्रो तलामा रहेका कोठा नम्बर २०३ र २०४ भाडामा लिई अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको भन्ने विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले छापा मारेको थियो ।

बिहीबार साँझ करिब साढे सात बजे उक्त होटलमा खानतलासी तथा चेकजाँच गर्दा ‘कुश ७७७’ लगायतका अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबार सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट सट्टेबाजी कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी जम्मा १८ थान विद्युतीय उपकरण बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लमहीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली
स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी
संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द
बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै
राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै