१२ श्रावण २०८२, आईतवार

वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

१५ वैशाख, काठमाडौं ।  वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार मध्याह्न टस जितेर नेपालका कप्तान रोहित पौडेलले बलिङ रोजेका हुन् ।  पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आजदेखि शुरू भएको हो ।  वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । वेस्ट इण्डिज ‘ए’मा सिनियर टिममा खेलेका खेलाडीहरू पनि छन् । आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरूप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?