बजेट विवाद चर्किएपछि कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बहिष्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २७, २०८३
|
|
९४ पटक हेरिएको
Shares
बजेट विवाद चर्किएपछि कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बहिष्कार

सारांश

  • सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ ।
  • सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजे पनि कांग्रेसको बहिष्कार निर्णय गरेको हो ।
  • बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

२७ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ ।

सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजे पनि कांग्रेसको बहिष्कार निर्णय गरेको हो ।

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने जानकारी दिए ।

यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ । नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो ।

मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिनमार्फत टुङ्ग्याउने निर्णय गरेको नेकपाका एक सांसदले जानकारी दिए ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठकसमेत प्रभावित भएको थियो ।

सत्तापक्षले बजेट पारित गर्दै विवादित विषयलाई छानबिनमार्फत समाधान गर्ने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले भने सदन बहिष्कार गर्ने निर्णय गरेको छ । यससँगै सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रिया राजनीतिक विवादबीच अघि बढ्ने देखिएको छ ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित
सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा
राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ
राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ
प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित
प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु