आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २२, २०८३
|
|
९७ पटक हेरिएको
Shares
आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित

सारांश

  • अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ ।
  • तान्जानियाको अरुसामा जारी महासभामा सभामुख डोलप्रसाद अर्यालले नेपालको प्राकृतिक विपद्‍बारे ‘इमर्जेन्सी प्रस्ताव’ प्रस्तुत गरेका थिए ।
  • प्रस्तावमाथि भएको मतदानमा पक्षमा ९०१, विपक्षमा ७८ र तटस्थ १४० मत परेको थियो ।

 

२२ असोज, काठमाडौं ।

अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । तान्जानियाको अरुसामा जारी महासभामा सभामुख डोलप्रसाद अर्यालले नेपालको प्राकृतिक विपद्‍बारे ‘इमर्जेन्सी प्रस्ताव’ प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथि भएको मतदानमा पक्षमा ९०१, विपक्षमा ७८ र तटस्थ १४० मत परेको थियो । प्रस्तावलाई दुई तिहाइ बहुमतका लागि पक्ष र विपक्षमा परेको कुल ९७९ मतको ६५३ मत आवश्यक थियो । आवश्यक दुई तिहाइभन्दा बढी मत प्राप्त गरेपछि नेपालको प्रस्ताव महासभाको आपतकालीन एजेन्डाका रूपमा छनोट भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?