प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
सारांश
- पक्राउ पर्नेमा आठवीसकोट नगरपालिका १ का वडाध्यक्ष केशरमान विक छन्।
- घटना विवरण अनुसार वडाध्यक्ष केशरमानका भाइ गोपाल भनिने विरेन्द्र विकविरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी परेको थियो।
- विरेन्द्र मुसिकोट नगरपालिका १ खलंगास्थित दाजुको संरक्षणमा लुकिछिपी बसेको सूचनाको आधारमा मंगलबार उनलाई पक्राउ गर्न गएका प्रहरीमाथि केशरमानले कुटपिटसहित अभद्र व्यवहार गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए।
प्रहरीमाथि हातपात गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एकजना वडाध्यक्षलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आठवीसकोट नगरपालिका १ का वडाध्यक्ष केशरमान विक छन्।
घटना विवरण अनुसार वडाध्यक्ष केशरमानका भाइ गोपाल भनिने विरेन्द्र विकविरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी परेको थियो।
विरेन्द्र मुसिकोट नगरपालिका १ खलंगास्थित दाजुको संरक्षणमा लुकिछिपी बसेको सूचनाको आधारमा मंगलबार उनलाई पक्राउ गर्न गएका प्रहरीमाथि केशरमानले कुटपिटसहित अभद्र व्यवहार गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए।

दाजुभाइलाई सँगै फेला पारेपछि प्रहरीले विरेन्द्रलाई आफूसँग जिल्ला प्रहरी कार्यालय हिँड्न भनेपछि वडाध्यक्ष केशरमानले भाइलाई त्यहाँबाट भगाएका थिए। त्यसक्रममा उनले प्रहरीलाई अश्लिल शब्दसहित गालीगलौज गर्नुका साथै हातपात गरेर कपडा च्यातिदिएका प्रहरीले जनाएको छ।
वडाध्यक्ष केशरमानलाई ‘राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने’ मुद्दामा तीन दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक परियारले जानकारी दिए।
वडाध्यक्ष विकले यसअघि पनि विभिन्न ढंगका गुण्डागर्दी किसिमका क्रियाकलाप गर्दै आएको प्रहरीले जनाएको छ। उनी चारपटक अभद्र व्यवहार, ज्यान मार्ने उद्योग जस्ता घटनामा संलग्न भएर धरौटीमा छुटेको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ।
०७९ सालको निर्वाचनमा विक तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
प्रतिक्रिया