भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
७७ पटक हेरिएको
Shares
भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले बुधबार बस्ने प्रदेश सभाको बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने भएको छ ।
  • मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गर्ने तयारीबारे जानकारी गराएका थिए ।
  • सरकारकै आग्रहअनुसार सभामुख भीमबहादुुर भण्डारीले बुधबार साँझ ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाउनेगरि कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति जुुटेको छ ।

२० असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार बस्ने प्रदेश सभाको बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गर्ने तयारीबारे जानकारी गराएका थिए ।

सरकारकै आग्रहअनुसार सभामुख भीमबहादुुर भण्डारीले बुधबार साँझ ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाउनेगरि कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति जुुटेको छ ।

मन्त्री रावलले बुधबार तय भएको बैठकमा सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुतु गर्ने कार्यसूची तय भएको जानकारी दिएका छन् ।

सरकारले बजेटको आकार भने खुलाएको छैन् । तत्कालीन आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले चालु वर्षका लागि ३७ अर्ब ७० करोड बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए तर सोही बजेटका कारण उत्पन्न विवादले प्रदेशमा एमाले र नेकपाको नयाँ समीकरण बन्यो भने बजेट फेल भयो ।

एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री भएको डेढ महिनापछि यो सरकारले बजेट ल्याउन लागेको छ । अहिलेको बजेट नै प्रदेश सभाको यो कार्यकालको अन्तिम बजेट हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहदानी विभागका महानिर्देशकसहित सबैलाई रिहा गर्न आदेश
राहदानी विभागका महानिर्देशकसहित सबैलाई रिहा गर्न आदेश
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ
विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम
प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित