कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह 

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १८, २०८३
|
|
२६१ पटक हेरिएको
Shares
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह 

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ ।
  • पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पु¥याइएको छ ।
  • महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम छ ।

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पु¥याइएको छ ।

महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम छ । असोज १८ देखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ । महाधिवेशनका लागि देश तथा विदेशबाट अधिकांश प्रतिनिधि काठमाडौं आएका छन् भने केही क्रम जारी छ । राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने अपेक्षा गरिएको छ ।

कांग्रेसले भारत, चीन, अमेरिका लगायतका मुलुकबाट समेत विदेशी पाहुनालाई निमन्त्रणा गरेको छ। सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् । अन्य देशका पार्टीहरुको पनि प्रतिनिधि वा शुभकामना सन्देश आएको कांग्रेसले जनाएको छ ।

महाधिवेशनका लागि खुलामञ्चमा मुख्य मञ्चसँगै बन्दसत्र सञ्चालनका लागि तीनवटा हल तयार पारिएको छ । सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क तथा प्रतिनिधिको खानाका लागि भृकुटीमण्डपमा व्यवस्था गरिएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले जानकारी दिए ।

महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व पनि चयन गर्नेछ। सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ भने उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन्।

असोज १९ गते उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ। त्यसपछि असोज २१ र २२ गते निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने कांग्रेसको कार्यतालिका छ। मतदान खुलामञ्चसहित राष्टिय सभागृह र प्रज्ञा प्रतिष्ठानमा गर्ने तयारी भइरहेको निर्वचान समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

यसपटकको महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
एमाले पोलिटब्यूरो बैठकमा कर्ण थापा र ओलीबिच सवालजवाफ
एमाले पोलिटब्यूरो बैठकमा कर्ण थापा र ओलीबिच सवालजवाफ
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्