प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
५७ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

सारांश

  • सङ्घीय संसद् अन्तरगत शुक्रबार प्रतिनिधिसभाको बैठक बस्दैछ ।
  • बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ ।
  • बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ ।

काठमाडौं । सङ्घीय संसद् अन्तरगत शुक्रबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ ।

कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्नेछन् ।

महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्नेछन् ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ९पहिलो संशोधन० विधेयक, २०८३’, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै, आजको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यक्रम छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नुहुनेछ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी। 
सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने
मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने
झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु
झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु
बिहार विधानसभा निर्वाचन अपडेट, मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता
बिहार विधानसभा निर्वाचन अपडेट, मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा