भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
६४ पटक हेरिएको
Shares
भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

सारांश

  • रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ ।
  • जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५३ जनाको शव फेला परेको हो ।
  • साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५३ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २३४ जना व्यक्तिहरूलाई राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का
संविधानको रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
सशस्त्रले सुनसरीबाट बरामद गर्‍यो स्रोत नखुलेको १ करोड १ लाख
सशस्त्रले सुनसरीबाट बरामद गर्‍यो स्रोत नखुलेको १ करोड १ लाख
स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ
स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै राजावादी सडकमा
‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै राजावादी सडकमा