पृथ्वी राजमार्गमा आज दिउँसो १ बजेदेखि सबै सवारीसाधन सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १४, २०८३
|
|
११७ पटक हेरिएको
Shares
पृथ्वी राजमार्गमा आज दिउँसो १ बजेदेखि सबै सवारीसाधन सञ्चालन हुने

सारांश

  • अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको सडकखण्डमा सवारी आवागमन सहज बन्दै गएको छ।
  • जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको जनाएको छ।
  • कार्यालयका अनुसार थप पहिरो तथा अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने छन्।

१४ असोज, काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको सडकखण्डमा सवारी आवागमन सहज बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको जनाएको छ।

कार्यालयका अनुसार थप पहिरो तथा अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने छन्।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो झर्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।

प्रशासनले सम्पूर्ण सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न र सवारी चलाउँदा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

हेर्नुहोस् सूचना ;

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति