मानव अधिकार आयोग पुगे एसएसपी खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
१५९ पटक हेरिएको
Shares
मानव अधिकार आयोग पुगे एसएसपी खड्का

सारांश

  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् ।
  • आयोगले सोमबार मात्रै पत्राचार गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न उनलाई बोलाएको थियो ।
  • आयोगको पत्राचारपछि खड्का अहिले आयोगको कार्यालयमा पुगेका हुन् ।

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् ।

आयोगले सोमबार मात्रै पत्राचार गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न उनलाई बोलाएको थियो । आयोगको पत्राचारपछि खड्का अहिले आयोगको कार्यालयमा पुगेका हुन् ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले एसएसपी खड्का कार्यालयमा आएको पुष्टि गरे ।

शनिबार मध्यराति आफ्नै निवासबाट जबरालाई प्रहरीले पक्राउ गरेको थियो । १२ घण्टा प्रहरी नियन्त्रणमा राखेर उनलाई छाडिएको थियो ।

उनको पक्राउबारे बुझ्न अपराध अनुसन्धान कार्यालय टेकु पुग्दा भेट गर्न नदिएपछि आयोगको टोली फर्केको थियो । यही विषयमा एसएसपी खड्कासँग आयोगले जवाफ माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?