कांग्रेस सर्लाहीका दुई नेताको राजीनामा अस्वीकृत, पदमै रहने
सारांश
- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमार यादव र क्षेत्रीय सभापति भिखारी ठाकुरको राजीनामा अस्वीकृत गरेका छन्।
- यादवले २ असोजमा कार्यवाहक सभापति पद तथा पार्टीको साधारण सदस्यता समेत त्याग्ने घोषणा गर्दै सभापतिलाई राजीनामा बुझाएका थिए।
- उनीसँगै सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ (ख) का क्षेत्रीय सभापति ठाकुरले पनि पद र सदस्यता त्यागेको घोषणा गरेका थिए।
१२ असोज, सर्लाही।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमार यादव र क्षेत्रीय सभापति भिखारी ठाकुरको राजीनामा अस्वीकृत गरेका छन्।
यादवले २ असोजमा कार्यवाहक सभापति पद तथा पार्टीको साधारण सदस्यता समेत त्याग्ने घोषणा गर्दै सभापतिलाई राजीनामा बुझाएका थिए। उनीसँगै सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ (ख) का क्षेत्रीय सभापति ठाकुरले पनि पद र सदस्यता त्यागेको घोषणा गरेका थिए।

दुवैले क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै राजीनामा दिएका थिए। यादवले लोकतान्त्रिक मूल्य, मान्यता र पार्टीको विधिअनुसार सदस्यता वितरण नभएको उल्लेख गरेका थिए भने ठाकुरले क्षेत्र नम्बर–२ (ख) को क्रियाशील सदस्यताको नामावली पूर्वाग्रही ढंगले तयार गरिएको आरोप लगाएका थिए।
तर पार्टी सभापति थापाले दुवैको राजीनामा अस्वीकृत गरेका छन्। यादवलाई पठाइएको पत्रमा ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सर्लाहीको कार्यवाहक सभापति पद र पार्टी सदस्यता समेतबाट २०८३ असोज २ गते दिनुभएको राजीनामा सभापतिबाट अस्वीकृत भएको’ जानकारी गराइएको छ। ठाकुरलाई पनि यस्तै व्यहोराको पत्र पठाइएको छ।
राजीनामा अस्वीकृत भएसँगै दुवै नेता यथावत् जिम्मेवारीमा रहने भएका छन्।
सर्लाहीमा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई लिएर पछिल्लो समय कांग्रेसभित्र विवाद बढ्दै गएको छ। यही विषयमा असन्तुष्टि जनाउँदै जिल्ला र क्षेत्रीय तहका नेताले राजीनामा दिए पनि पार्टी नेतृत्वले स्वीकार नगरेपछि विवाद भने यथावत् रहेको छ।
प्रतिक्रिया