नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन बन्दै रहने
सारांश
- लगातारको वर्षा र पहिरोका कारण गएरातिदेखि बन्द गरिएको नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन नखुलाउने जनाइएको छ ।
- जिल्ला प्रशासन कार्यालय, चितवनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
- हिजो गत असोज ८ गतेदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणगढ(मुग्लिन सडकको विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको छ।
चितवन ।
लगातारको वर्षा र पहिरोका कारण गएरातिदेखि बन्द गरिएको नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन नखुलाउने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

हिजो गत असोज ८ गतेदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणगढ(मुग्लिन सडकको विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको छ। हाल सडकमा खसेको पहिरो हटाउने काम जारी रहेको भए पनि जोखिम कायमै रहेकाले आवागमन बन्द राखिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो सडक खण्ड भई यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया