अश्लील र धम्कीपूर्ण सामग्री पोस्ट गरेको आरोप, मनोज महतो पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
७८ पटक हेरिएको
Shares
अश्लील र धम्कीपूर्ण सामग्री पोस्ट गरेको आरोप, मनोज महतो पक्राउ

सारांश

  • विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
  • प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा राष्ट्रसेवक कर्मचारीलगायत समुदायका व्यक्तिविरुद्ध अत्यन्तै अश्लील र अशिष्ट ढंगबाट बदनाम तथा चरित्रहत्या गर्ने मनसायले सामाजिक सञ्जालमा प्रमाणहीन, आधारहीन, तथ्यहीन, धम्कीपूर्ण तथा भ्रामक सामग्रीहरू पोस्ट गरी सामाजिक सद्भाव र शान्ति खलल पार्ने कार्य गरेको आरोप छ।

५ असोज, सिरहा ।

विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा राष्ट्रसेवक कर्मचारीलगायत समुदायका व्यक्तिविरुद्ध अत्यन्तै अश्लील र अशिष्ट ढंगबाट बदनाम तथा चरित्रहत्या गर्ने मनसायले सामाजिक सञ्जालमा प्रमाणहीन, आधारहीन, तथ्यहीन, धम्कीपूर्ण तथा भ्रामक सामग्रीहरू पोस्ट गरी सामाजिक सद्भाव र शान्ति खलल पार्ने कार्य गरेको आरोप छ।

उनीविरुद्ध साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्न नहुनेसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जीका आधारमा खोजतलास गर्ने क्रममा महतो उदयपुरस्थित चतरा पुलपारि एक होटलमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा २०८३ असोज ४ गते पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका महतोमाथि थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। यसैबीच, प्रहरीले महतोले आफूले स्वचालित हतियार बोकेको र आफू पूर्वजन–तान्त्रिकको लडाकु रहेको भन्दै धम्की दिने गरेको तथा उक्त हतियारको फोटो पठाई केही व्यक्तिबाट आपराधिक लाभसमेत लिएको भन्ने सूचना प्राप्त भएको जनाएको छ। उक्त विषयमा कोही पीडित भएमा जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
शेयर धितोकर्जाको सिमा हटेपछि बढ्यो नेप्से
शेयर धितोकर्जाको सिमा हटेपछि बढ्यो नेप्से
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर