एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
११८ पटक हेरिएको
Shares
एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

सारांश

  • केन्द्रीय सचिवालय बैठक  ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्ने तय भएको पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए।
  • आचार्यका अनुसार हिजोबाट सुरु भएको सचिवालय बैठकको निरन्तरतामै आज पनि बैठक बस्न लागेको हो।
  • कार्यदलबाट जोगिए ओली, केन्द्रीय कमिटीले के गर्ला आइतबार निर्वाचन समिक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्न लागेको हो।

आज नेकपा एमालेको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक बस्दैछ।

केन्द्रीय सचिवालय बैठक  ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्ने तय भएको पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए।

आचार्यका अनुसार हिजोबाट सुरु भएको सचिवालय बैठकको निरन्तरतामै आज पनि बैठक बस्न लागेको हो।

  • कार्यदलबाट जोगिए ओली, केन्द्रीय कमिटीले के गर्ला

आइतबार निर्वाचन समिक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्न लागेको हो।

बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ।

यसै गरी केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजेदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बस्दैछ।

फागुनमा भएको निर्वाचनपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?