कोशीका १३ जिल्लामै डेंगुको संक्रमण, झापा सबैभन्दा जोखिममा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
१०० पटक हेरिएको
Shares
कोशीका १३ जिल्लामै डेंगुको संक्रमण, झापा सबैभन्दा जोखिममा

सारांश

  • कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।
  • झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ ।
  • कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७ सय ९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

५ असोज, झापा ।

कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७ सय ९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ ।

उनका अनुसार झापामा मात्रै हालसम्म २ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २ सय ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार ओखलढुंगामा १ सय २२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको छ । संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा ४, मोरङमा २०, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ वटा सम्भावित र दुई वटा शंकास्पद विरामी अस्पतालमा रहेको उनले जानकारी दिए । संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने लगायतका अभियान सञ्चालन आवश्यक रहेको उनले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
जिसस काभ्रेका प्रमुख गौतम पक्राउ
जिसस काभ्रेका प्रमुख गौतम पक्राउ
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता
रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ