भोटेकोसी बाढी: अहिलेसम्म १४५१ जनाको शव भेटियो, ४६५५ अझै बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
५३ पटक हेरिएको
Shares
भोटेकोसी बाढी: अहिलेसम्म १४५१ जनाको शव भेटियो, ४६५५ अझै बेपत्ता

सारांश

  •   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो।
  • बाढीमा घाइते भएका २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  •     फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनसहितका आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित) गरिएको छ।

रसुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।  नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो।

बाढीमा घाइते भएका २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।    फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनसहितका आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित) गरिएको छ।शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ६ सय ५५  जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४२ जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
विपक्षी दलहरूको माग मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन 
विपक्षी दलहरूको माग मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन 
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना
इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना
भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त
भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता