काठमाडौँसहित यी १७ जिल्लाका नदीमा आज आउन सक्छ आकस्मिक बाढी
सारांश
- तर वर्षासँगै ती नदीको बहाब बढ्दै जाने आकलन बाढी महाशाखाले गरेको छ।
- यसैगरी आज धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
आज (आइतबार) बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
तर वर्षासँगै ती नदीको बहाब बढ्दै जाने आकलन बाढी महाशाखाले गरेको छ।
यसैगरी आज धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
यो पनि : नेपालमा सुरु भयो पश्चिमी वायुको प्रभाव, अब क्रमश: घट्नेछ तापक्रम


प्रतिक्रिया