भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ४३६ जनाको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ४, २०८३
|
|
५२ पटक हेरिएको
Shares
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ४३६ जनाको श*व फेला

सारांश

  • रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ४३६ जनाको शव फेला परेको छ ।
  •  जसमध्ये रसुवामा २२३ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६५ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४३४ जनाको शव फेला परेको हो ।
  • साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौं ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ४३६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २२३ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६५ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४३४ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३७२ जना व्यक्तिहरूलाई राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिइने
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिइने
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने