एन्फा कार्यालयमा सीआईबीको छापा, कोषाध्यक्षसँग सोधपुछ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
४४ पटक हेरिएको
Shares
एन्फा कार्यालयमा सीआईबीको छापा, कोषाध्यक्षसँग सोधपुछ

सारांश

  • अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पुगेको छ।
  •   एन्फामाथि अनुसन्धान गरिरहेको सीआईबीले केही कागजात नियन्त्रणमा लिन र त्यहाँका पदाधिकारीसँग पनि सोधपुछ आवश्यक भएको भन्दै सातदोबाटोस्थित कार्यालयमा पुगेको हो।
  •  शुक्रबार साँझ पनि सीआईबीको टोली एन्फा कार्यालयमै छ।

२ असोज, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पुगेको छ।  एन्फामाथि अनुसन्धान गरिरहेको सीआईबीले केही कागजात नियन्त्रणमा लिन र त्यहाँका पदाधिकारीसँग पनि सोधपुछ आवश्यक भएको भन्दै सातदोबाटोस्थित कार्यालयमा पुगेको हो। शुक्रबार साँझ पनि सीआईबीको टोली एन्फा कार्यालयमै छ।

एन्फा कार्यालयमा सीआईबीको टोलीसँगै एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी छन्। उनलाई पनि सोधपुछका लागि राखिएको र आवश्यक परे नियन्त्रणमा लिने सीआईबी स्रोतले बतायो। ‘अहिले उहाँ हाम्रो टोलीसँगै हुनुहुन्छ। अहिले नै नियन्त्रणमा लिइसकिएको छैन। तर आवश्यक पर्दा नियन्त्रणमा लिएर अनुसन्धान गर्नु पर्ने हुन्छ। अहिले टोलीले कागजातहरु हेर्दै छ’, सीआईबीका उच्च अधिकारीले भने। फिफाले एन्फमाथि प्रतिबन्ध लगाएको झण्डै चार महिना पुगेको छ। राष्ट्रिय खेलकुद परिषद्ले सुरुमा एन्फालाई निलम्बन गरेको थियो। तर पछि सर्तसहित निलम्बन फुकुवा गरे पनि फिफाले विनाशर्त निलम्बन फुकुवा गर्नु पर्ने शर्तसहित एन्फामाथि प्रतिबन्धको निर्णय गरेको थियो।

बिहीबार मात्रै एन्फा महासचिव किरण राईले पत्रकारसम्मलेन गर्दै अब खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका थिए। उनले सोमबारदेखि कार्यालय सञ्चालन गर्ने बताएका थिए। तर त्यसअघि नै सीआईबीले कार्यालयमा पुगेर कागजात नियन्त्रणमा लिएको हो।  सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले सीआईबीले यस विषयमा अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
इजरायलले फेरि आक्रमण गर्दा लेबनानमा  २२ जनाको मृत्यु
इजरायलले फेरि आक्रमण गर्दा लेबनानमा २२ जनाको मृत्यु
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त