उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
४ पटक हेरिएको
Shares
उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

सारांश

  • नेपाल एल.
  • पि.
  • ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ ।

काठमाडौं ।

नेपाल एल.पि. ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ । पृथ्वी राजमार्गमा वैकल्पिक ट्रयाक खुलेर ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेपछि संघले ढुवानी भाडाबापत थपिएको रकम हटाउँदै पूर्ववत मूल्य कायम गरेको हो ।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको भीषण बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो । सडक अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका प्लान्टहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत उपत्यकामा ग्यास ल्याइरहेका थिए । लामो र वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि संघले भदौ १८ गते विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी अधिकतम २,१६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न अनुरोध गरेको थियो ।

तर हाल अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्रयाक खुलेर यातायात सञ्चालनमा आइसकेको र ग्यास बुलेटहरू सिधै उपत्यका भित्रिन थालेकाले वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेको संघले जनाएको छ ।  संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार असोज २ गते अर्थात आजदेखि लागू हुने गरी निगमले तोकेकै प्रतिसिलिन्डर २,०६० रुपैयाँभन्दा बढी नहुने गरी ग्यास बिक्री वितरण गर्न तथा सोहीअनुसार आ–आफ्ना विक्रेताहरूलाई जानकारी गराउन सम्पूर्ण ग्यास उद्योगीहरूलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार!
दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार!
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै
सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
भारतलाई विश्वकप जिताएसँगै कप्तान रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रियबाट संन्यास
वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्‍यो : शेखर कोइराला
वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्‍यो : शेखर कोइराला
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
आज विश्व क्षयरोग दिवस मनाइँदै
आज विश्व क्षयरोग दिवस मनाइँदै
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा