विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३१, २०८३
|
|
३८ पटक हेरिएको
Shares
विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने

सारांश

  • रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन् ।
  • बुधबार सर्वदलीय बैठकपछिको कुराकानीका क्रममा उनले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता नगरेको जिकिर गरे ।
  • ‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो ?

३१ भदौ, काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन् । बुधबार सर्वदलीय बैठकपछिको कुराकानीका क्रममा उनले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता नगरेको जिकिर गरे । ‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो ?’ भनेर एक सञ्चारकर्मीले प्रश्न सोधेका थिए ।

सो प्रश्नको जवाफका क्रममा सभापति लामिछानेले भने, ‘विल्कुल होइन । स्थानीय तहका राजनीतिज्ञ समेत कुरा गरिरहनुभएको छ । प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ । प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिनुभएको छ, यो उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो ।’ उनले पार्टी र सरकारबीच काम बाँडफाँट गरेर अघि बढेको जिकिर पनि गरे । ‘अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट कुरा छ । त्यसको डुप्लिकेशन आवश्यक छैन,’ उनले भने, ‘स्थानीय तहको वडाध्यक्षसँग फोनमा कुरा हुने, त्यहाँका पालिकाका जनप्रतिनिधिसँग घन्टौं कुरा गर्ने काम गरिरहनुभएको छ । यो प्रश्न कार्यकालभरि नै तपाईंहरू गरिरहनुहुन्छ, यसलाई डम्प हानिदिए हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै
बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र
मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र
खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस् : माधव नेपाल
खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस् : माधव नेपाल
अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि
अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि
प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै
त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित।